कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरको राजदेवी मन्दिरमा १५ हजार बोकाको बली

सन्तोष सिंह

जनकपुर — जनकपुरस्थित राजदेवी मन्दिरमा १४ हजार ९ सय ९७ बोकाको बली दिइएको छ । बुधबार साँझ साढे ७ बजे पछि सुरु भएको बली बिहान साढे ३ बजेसम्म चलेको थियो । 

जनकपुरको राजदेवी मन्दिरमा १५ हजार बोकाको बली

महाअष्टिमाको साँझ राजदेवीमा बोका बली दिने परम्परा छ । स्थानीय महाविर युवा कमिटि, गणेश युवा कमिटि, राम युवा कमिटिले बोका बलीको व्यवस्थापन गरेका थिए । बुधबार दिउँसोदेखि नै जनकपुरमा बलि चढाउनेको भिड लागेको थियो ।

राजदेवी मन्दिरमा बोकाको बली दिन ४ ठेहा तोकिएको थियो । बलि दिन युवा कमिटीका करिब ५ सय स्वयंसेवक परिचालन भएका थिए । बली चढाइएको बोका खुला रुपमा लिएर जाँदा राति जनकपुरको सडक बोकाको रगतले लत्पतिएको थियो ।




प्रकाशित : कार्तिक १, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?