कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चितवन बस दुर्घटना : मृतक तीनै जनाको सनाखत [अपडेट]

रमेशकुमार पौडेल

चितवन — जलबिरेमा दुर्घटना हुँदा मृत्यु भएका तीनजनाकै सनाखत भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार मृतकमध्ये एकजना झापा मेची नगरपालिका ८ का २५ वर्षीय हेमबहादुर राजवंशी र स्याङ्जा पुतलीबजार नगरपालिका ९ का ७५ वर्षीय तुलबहादुर थापा छन् ।

चितवन बस दुर्घटना : मृतक तीनै जनाको सनाखत [अपडेट]

बिहान मृत्यु भएका बस चालक झापा मेची ८ कै ३५ वर्षका उदयमान राजवंशीको मात्रै सनाखत भएको थियो ।

................

नारायणगढ मुग्लिन सडकको जलबिरेमा शुक्रबार बिहानपख साढे दुई बजे बस पल्टFदा तीनजनाको ज्यान गएको छ । अन्य २३ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस मुग्लिन नपुग्दै सात किलोमिटर वरको जलबिरेमा सडकबाट ६० मिटर तल खोल्सामा खसेको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बसका चालम झापाको मेची नगरपालिका-८ घर भएका ३५ वर्षीय उदयमान राजवंशी छन् । मृतक अन्य दुईजनाको सनाखत भएको छैन । उनीहरू दुवैजना पुरूषहरू भएको प्रहरीले जनाएको छ ।


बस अनियन्त्रित भएर पल्टेको चितवन प्रहरीको भनाइ छ । घाइते २३ मध्ये २२ जनाको भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा र एकजनाको नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते सवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?