कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१३ तस्बिरमा हेर्नुहोस्, शितल निवासमा टीका थाप्नेको भीड

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपालीहरुको प्रमुख चाड दसैंको शुक्रबार (आज) विशेष दिन अर्थात् विजयादशमी । बिहानैदेखि सरकारका उच्चपदस्थ व्यक्तित्व, सर्वसाधारणहरु ठूलाबडा र मान्यजनबाट टीका थाप्न व्यस्त छन् । बडादसैंकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा टीका लगाइरहेकी छन् ।

राष्ट्रपति भण्डारीको हातबाट टीका थाप्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्री, राज्यमन्त्री, सांसद्सहितका उच्च पदस्थ व्यक्तित्व, सर्वसाधारण, अपांगता भएका व्यक्ति र अनाथ बालबालिकाहरुसमेत राष्ट्रपति कार्यालयमा पुगेका छन् । टीका थाप्नेको घुँइचो भएपछि शितल निवासमा सर्वसाधारणलाई भने लाइनमा बसाइएको छ ।

राष्ट्रपति भण्डारीले भने बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरिन् । राष्ट्रपतिले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित हेमचन्द्र ढकालबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन्। राष्ट्रपतिले आफ्ना पूजनीय माता मिथिला पाण्डेबाट टीका–जमरा र दक्षिणा ग्रहण गरिन्। साथै उनले काका डेकेन्द्र पाण्डेबाट पनि नवदुर्गा भवानीको प्रसादस्वरुप टीका–जमरा ग्रहण गरिन्।


प्रकाशित : कार्तिक २, २०७५ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्