कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरमा सिलिन्डर विस्फोटमा १ को मृत्यु, २ जना घाइते 

सन्तोष सिंह

जनकपुर — जनकपुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा ग्यास वेल्डिङ पसल सञ्चाल गर्दै आएका जनकपुरधाम ७ बस्ने ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हो । शुक्रबार अपराह्न भएको  घटनामा दुइजना घाइते भएका छन् ।

जनकपुरमा सिलिन्डर विस्फोटमा १ को मृत्यु, २ जना घाइते 

घाइते हुनेमा स्थानीय १२ वर्षीय बालक रोहन साह र अटो रिक्सा चालक बिहारको बैरगिनिया बस्ने राजु गुप्ता रहेका छन् ।


जनकपुरधाम उपमहानगरपालिका ४ पुरानो बसपार्क नजिक वेल्डिङ पसलमा शुक्रबार अपरान्ह ग्यास सिलिन्डर विस्फोट भएको हो । घाइते दुबै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक बडाबाबु झाले जानकारी दिए ।


प्रकाशित : कार्तिक २, २०७५ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?