कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेला हेर्न जाँदा सामूहिक बलात्कार

शिव पुरी

रौतहट — मेला हेर्न गएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । गुजरा नगरपालिकाकी ती किशोरीलाई तीन युवकले सोमबार बिहान सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

मेला हेर्न जाँदा सामूहिक बलात्कार

घटनामा संलग्नहरु फरार रहेकाे र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


रातिको मेला हेर्न गएकी १७ वर्षीया ती किशोरीलाई बिहान उज्यालो नहुँदै घर पुर्याइदिने भन्दै छिमेकी युवकले मोटरसाइकलमा राखेर नहरको डिलमा ल्याएर तीनजनाले बलात्कार गरेको पीडितको आरोप छ ।


बलात्कार गरेर मोटरसाईकलमा जंगलतर्फ लैजादै गर्दा गाउँछेउ पुगेपछि किशोरीले माटरसाईकल चालकको हात टोकेकी थिइन् । त्यसपछि मोटरसाईकल लडेर उनीहरु त्यहाँबाट भागेका पीडितले प्रहरी समक्ष बयान दिएकी छन् ।


घटनाको सूचना पाए लगत्तै डिएसपी युवराज खडका सहितको टोली राती नै घटनास्थल पुगेको थियो ।


पीडितको बयानपछि प्रहरीले आरोपित तीनै जनाको खोजी गरिरहेको छ । ‘घटना भएको ९ घण्टापछि प्रहरीलाई खबर गरिएको थियो । त्यही बीचमा आरोपीहरु भाग्न सफल भए,’ डिएसपी खडकाले भने,‘हामिले पहिचान गरिसकेका छौँ । चाडै पक्राउ पर्छन् ।’


फरारको खोजीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । घटनापछि किशोरीको चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराईएको छ । उनको स्वास्थ्य अवस्था ठिक रहेको ईलाका प्रहरी कार्यालयलले जनाएको छ ।


पछिल्लो केही समययता जिल्लामा बलात्कारको घट्ना बढेको छ । जिल्ला प्रहरीको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा साउनयता जिल्लाका विभिन्न स्थानमा बलात्कारको घटना बढेको देखाएको छ ।


गत आर्थिक वर्षमा जबरजस्ती करणीका १८ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै जबरजस्ती करणी उद्योगमा ९ वटा मुद्दा दर्ता छन् । चालु आर्थिक वर्षको साउन यता ७ वटा बलात्कारका घटना भएका छन् । त्यस्तै जबरजस्ती करणी उद्योगका ५ वटा घटना दर्ता छन् । अपहरण तथा शारिरिक बन्धक बनाई जबरजस्ती करणीका एउटा घटना दर्ता रहेको प्रहरीले जनायो ।

प्रकाशित : कार्तिक ६, २०७५ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?