कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रुख कटान सुरु

रासस

खजुरा — बाँके जिल्लाको कोहलपुर-धामपुर ३३ केभिए प्रसारण लाइनमा पर्ने वन क्षेत्रका रुख कटान सोमबारदेखि सुरु भएको छ ।

रुख कटान सुरु

राप्ती पीडित सामुदायिक वनको टाँचा नं १३५ रुखलाई संघीय सांसद महेश्वर गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसीले आरा चलाएर रुख काट्न सुरु गरेका थिए ।


राप्तीपारि क्षेत्र बघौडामा विद्युत पुर्याउने उद्देश्यले राप्तीसोनारी गाउँपालिकाको धामपुरमा विद्युतको सबस्टेशन निर्माण गरिए पनि कोहलपुरदेखि धामपुरसम्म विद्युतको लाइन विस्तारका लागि वन क्षेत्रले अवरोध पुर्याउँदै आएको थियो ।


नरैनापुर गाउँपालिकाका ६ वटै वडा र राप्तीसोनारी गाउँपालिकाका केही वडामा विद्युतीकरणका लागि सबस्टेशन धामपुरसम्म ४५ मध्ये ५.३ किलोमिटर वन क्षेत्र पर्ने भएकाले अवरोध हुँदै आएको थियो ।


कोहलपुर-धामपुर ३३ केभिए प्रसारण लाइनका लागि कोहलपुरबाट सबस्टेशन धामपुरसम्म लैजाने बाटामा राप्ती पीडित सामुदायिक वन र समय भवानी सामुदायिक वनको २.२ हेक्टर वन क्षेत्रमा भएका सबै बाधाअड्काउ फुकुवा गरी ५ दशमलव ३ किमी रहेका २१४ रुख काट्न स्वीकृतिसँगै टाँचा लगाई रुख काट्न सुरु गरेपछि २०७५ चैतसम्म सो क्षेत्रमा विद्युतीकरण हुने भएको हो ।


बघौडा क्षेत्रमा विद्युतीकरणका लागि भएको लामो समयदेखिको प्रयासले मूर्तरूप पाएको र आउँदो चैतसम्ममा जुनसुकै अवस्थामा पनि बघौडा क्षेत्र विद्युतीकरण भएरै छाड्ने सांसद गहतराजले बताए ।

प्रकाशित : कार्तिक ६, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?