कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

गाउँपालिका प्रविधिमैत्री

प्रतिक्षा काफ्ले

स्याङ्जा — अर्जुनचौपारी गाउँपालिका प्रविधिमैत्री बनेको छ । सूचना प्रविधिको विकाससँगै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, सम्पत्ति कर, भूमिकरलगायत राजस्वको नगदी रसिद कम्प्युटरकृत र अनलाइन पद्दतिबाट सुरु गरिएको कार्यपालिकाले जनाएको छ ।

गाउँपालिका प्रविधिमैत्री

भौगोलिक विकटताका बाबजुद आव ०७४/७५ मा नै ६ वटै वडा कार्यालयमा इन्टरनेट जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले बताए । इन्टरनेटको विस्तारसँगै सम्पूर्ण वडा कार्यालयहरुमा अनलाइन पद्धतिबाट काम सुरु भएको उनको भनाइ छ । स्थानीय जनतालाई छिटो, छरितो र भरपर्दो सेवा प्रवाह गर्न, संस्थागत स्मरणलाई चुस्त राख्न पेपरलेस र अनलाइन पद्धतिमा काम सुरु गरिएको अधिकृत पौडेलले बताए ।


सूचना प्रविधि अधिकृत सुशील केसीका अनुसार अहिले गाउँपालिका र प्रत्येक वडा कार्यालयमा फाइबर इन्टरनेट जडान, सामूहिक एस.एम.एस, डिजिटल नोटिस बोर्ड, सम्पत्ति कर, भूमिकरलगायत राजस्वको नगदी सफ्टवेयर र अन्य सूचना प्रवधिका पूर्वाधार विकास भएका छन् । कर्मचारीहरुलाई ३ दिने तालिम सञ्चालन गरी कम्प्युटरकृत र अनलाइन पद्धतिबाट काम गर्न सहज गराइएको अधिकृत पौडेलले बताए । ‘यसरी अनलाइनमार्फत काम गर्न कर्मचारीमा दक्षता हासिल भएको छ’ उनले भने । उनले अब केही दिनमा मोबाइल एप्स पनि सञ्चालनमा ल्याइने जानकारी दिए ।


हातले लेख्नु नपर्ने, फाइल पनि दराजमा राख्न/निकाल्न नपर्ने साथै सबै डकुमेण्ट कम्प्युटरमा हुने भएपछि सेवाप्रवाह सरल भएको उनले अनुभव सुनाए ।

प्रकाशित : कार्तिक ६, २०७५ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?