१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेताहरुकै कारण भ्रष्टाचार मौलायो : नेता नेपाल

दुर्गालाल केसी

दाङ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेताहरुकै कारण भ्रष्टाचार मौलाएको बताएका छन् । 

नेताहरुकै कारण भ्रष्टाचार मौलायो : नेता नेपाल

नेकपा दाङले मंगलबार घोराहीमा दसैं, तिहार, छठ र नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले भ्रष्ट कर्मचारीहरुलाई नेताहरुले संरक्षण गरेका कारण देशमा सुशासन स्थापना गर्न कठिन भएको बताए ।


‘यहाँ कर्मचारीहरुलाई अनेक वाहना गरेर पैसा खाने बानी लागेको छ । पैसा नपाई यताको फाइल उता नसार्ने प्रवृत्ति छ । उनीहरु एक्लै त्यस्तो गर्न सक्दैनन्,’उनले भने,‘राजनीतिक नेताहरुबाट संरक्षित नभएसम्म कर्मचारी एक्लैले यस्तो गर्न आँट गर्दैनन् । भ्रष्टाचारीलाई नेताहरुको संरक्षण छ । देश बिग्रेको भ्रष्टाचार र देशभक्तीको भावनाको कमीले हो ।’


कर्मचारीले काम नगरेका कारण कानून निर्माण र कार्यान्वयनमा ढिला भएको उनले बताए ।‘कर्मचारीहरु अल्छी छन् । काम राम्ररी गर्दैनन्,’उनले भने,‘त्यस्ता गलत कामलाई नेताहरुले संरक्षण गर्ने विकृति छ ।’ भ्रष्टाचार रोक्न सरकारले कडा कदम चाल्नुपर्ने उनले बताए ।


जनतामा ठूलो आशा भएकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने धारणा नेता नेपालले व्यक्त गरे । नेकपाले १० बर्षसम्म सरकार चलाउने गरी काम गर्नुपर्ने उनले बताए ।


‘जनताका भावनालाई समेटेर काम गर्नुपर्छ । जनताले दिएको मतको सम्मान गर्नुपर्छ,’उनले भने,‘जनताले झण्डै दुई तिहाई बहुमत दिएका छन् । यो मतले देशमा सुशासनको माग गरेको छ तर हाम्रो देशमा अहिले विकासको गति अलपत्र छ ।’

प्रकाशित : कार्तिक ६, २०७५ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?