१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सन्थालको दसैं नृत्य 

जितेन्द्र साह

मोरङ — निधारमा रातो टीका लगाएका र शिरमा जमरा सिउरेका आदिवासी । वरिपरि लोकनृत्यको गुञ्जन । शक्तिपीठमा श्रद्धालुको ओइरो। भर्खरै हालिएका टहरामा समोसा, कचौरी, छोला, प्याजी, पकौडा, मिठाईको आनन्द लिँदै गाउँले ।

सन्थालको दसैं नृत्य 

मोरङका दक्षिणपूर्वी गाउँहरूमा विजया दशमी र एकादशीमा लाग्ने मेलामा यस्ता दृश्य सामान्य बन्छन् । ‘हामीले थाहा पाएदेखि दसैंमा मौलिक वेशभूषामा परम्परागत बाजा बजाउँदै र नाच्दै आएका छौं,’ ४५ वर्षीय वीरेन्द्र मुरमुरले भने ।


जहदा गाउँपालिका–४, रामचोकस्थित दुर्गा मन्दिर अघिल्तिर एकादशी मेलामा मुरमुर आदिवासी सन्थाल समूहको नेतृत्व गर्दै लोकनृत्य प्रस्तुत गरिरहेका थिए । जहदा–२, भीमपुर बेरियाका मुरमुर पेसाले सवारीचालक भए पनि दसैंमा गाउँ आएकै हुन्छन् ।

प्रकाशित : कार्तिक ६, २०७५ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?