३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अन्नपूर्ण पदमार्गमा पर्यटकको मृत्यु

आश गुरुङ

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न बेंसीसहर हुँदै मनाङ जाँदै गरेका एक फ्रान्सेली नागरिकको बाटोमा चिप्लिएर मर्स्याङ्दीमा खस्दा मृत्यु भएको छ ।

अन्नपूर्ण पदमार्गमा पर्यटकको मृत्यु

मनाङको नासों गाउँपालिका १ सिरानतालको बाटोमा चिप्लिएर मर्स्याङ्दी नदीमा खस्दा आन्दाजी ६५ वर्षका फ्रान्सेली नागरिक फिलिप्टे गोरको मृत्यु भएको मनाङ प्रहरीले बताएको छ ।


डीएसपी खड्कबहादुर खत्रीका अनुसार मंगलबार दिउँसो सिरानतालको झोलुंगे पुलनजिकै उक्त घटना भएको हो । ती विदेशीसँगै अन्य ३ जना चक्रीय अन्नपूर्णको भ्रमणका लागि आएका थिए । घटनास्थलमा प्रहरी खटिएको उनले बताए । उनको पोस्टमार्टमको लागि काठमाडौं पठाउने तयारी गरिएको डीएसपी खत्रीले बताए ।


यसैबीच, लमजुङको सुन्दरबजार नगरपालिका ६ शितलचौताराकी १५ महिने शिशु लिजा परियारको घरमा राखिएको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ । सोमबार बाल्टिनको पानीमा खेल्ने क्रममा डुबेर बेहोस भएपछि बालिकालाई उपचारको लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय भोटेओडारका इन्स्पेक्टर रमेशप्रसाद श्रेष्ठले बताए । बालिकालाई अस्पताल पुर्‍याउनेवित्तिकै किचित्सकले मृत घोषणा गरेको उनले बताए

प्रकाशित : कार्तिक ६, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?