२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कृष्णनगरमा कर्फ्यु हट्यो

कान्तिपुर संवाददाता

कपिलवस्तु — स्थानीय प्रशासनले दुई दिनदेखि लगाएको कर्फ्यु मंगलबार बिहानबाट हटाएको छ । कर्फ्यु हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

कृष्णनगरमा कर्फ्यु हट्यो

स्थानीय दैनिक उपभोग्य सामग्री खरिद गर्न बजार निस्किन थालेसँगै त्रास पनि हटेको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।


स्थिति सहज बन्दै गएपछि जिल्ला सुरक्षा समितिको मंगलबारको बैठकले कर्फ्यु हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए ।


बुटवल, भैरहवा र काठमाडौंका लागि दिउँसोदेखि बस चल्न थालेका छन् । नेपालका १० ठूला भन्सारमध्येको कृष्णनगर कार्यालयमा भारतबाट आयात सुरु भएको छ ।


मंगलबारमात्र एक करोडभन्दा बढी राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खडकाले बताए । आन्तरिक राजस्व कार्यालयमा पनि भीड बढेको छ । दसैंमा निकालिएको दुर्गा मूर्तिलाई बजार परिक्रमा गराउने क्रममा शुक्रबार साँझ ढुंगा प्रहार भएपछिको विवादले कृष्णनगर तनावग्रस्त बनेको थियो ।

प्रकाशित : कार्तिक ६, २०७५ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?