तलबको विरोध नगर्न मुख्यमन्त्री पोखरेलको आग्रह

कान्तिपुर संवाददाता

दाङ — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जनप्रतिनिधिले तलब लिएकामा विरोध नगर्न आग्रह गरेका छन् । स्थानीय तह र निकाय फरक भएकाले तलबको व्यवस्था गरिएको उनले बताए । 

तलबको विरोध नगर्न मुख्यमन्त्री पोखरेलको आग्रह

‘स्थानीय तह हिजोको जस्तो होइन । अहिले तलब नलिएर काम गर्न सकिने अवस्था छैन,’ नेकपा दाङले मंगलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, ‘तलब लिएरै जनताको काम गर्ने हो । तलब लिएको कुरालाई अनावश्यक विवादको विषय बनाउनु हुँदैन ।’


जनप्रतिनिधिले जतिसक्यो धेरै समय स्थानीय विकासमा दिनुपर्ने भएकाले पारिश्रमिक दिएर काममा लगाउनुपरेको उनले बताए । अहिलेको संरचनाले जनप्रतिनिधिलाई जनताको काममा बढी समय माग गरेको उल्लेख गर्दै उनले समयको मूल्य दिन आवश्यक रहेको विचार राखे ।

प्रकाशित : कार्तिक ६, २०७५ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?