कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेसद्वारा वामपन्थी नेता तुलाधरको निधनमा दुःख व्यक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली काङ्ग्रेसले मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधारको निधनमा दुःख व्यक्त गरेको छ ।

कांग्रेसद्वारा वामपन्थी नेता तुलाधरको निधनमा दुःख व्यक्त

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गरी पूर्वस्वास्थ्यमन्त्री तुलाधरको निधनमा दुःख व्यक्त गरेका हुन् । 'स्वर्गीय तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलनका साथै मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो”, विज्ञप्तिमा भनिएको छ ।


काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकारकर्मी तथा वामपन्थी नेता तुलाधरको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले स्व तुलाधरको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।


मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना हुनुभएका तुलाधरको आज अपराह्न निधन भएको थियो । स्व तुलाधरका श्रीमती दुई छोरी र दुई छोरा छन् ।

प्रकाशित : कार्तिक १८, २०७५ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?