कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रादेशिक राजधानी माग राख्दै धनकुटा बन्द 

धनकुटा — प्रादेशिक राजधानीको माग राख्दै तीन सातादेखि आन्दोलनमा उत्रिएका धनकुटावासीले आज धनकुटा बन्द आव्हान गरेका छन् । धनकुटा बजार सहित हिले, सिधुवा, पाख्रीबास, जीतपुर, राजारानी, डाडाबजार लगायतका व्यापारिक केन्द्र समेत बन्द आव्हान गरिएको छ ।

प्रादेशिक राजधानी माग राख्दै धनकुटा बन्द 

बजार, पसल, कलकारखाना बन्द रहेपनि शिक्षण संस्था तथा यातायात भने खुला रहने आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । राणाकालदेखि हालसम्म पूर्वको मुख्य प्रशासनिक थलो धनकुटालाई प्रादेशिक राजधानी बनाइनु पर्ने दबाबमुलक आन्दोलनका क्रममा बन्द आव्हान गरिएको श्रेष्ठले बताए ।


यसैगरी आज मध्यान्ह १२ देखि १ बजेसम्म राजधानी माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय घेराउ समेत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : पुस १७, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?