कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर गर्दैन : नेम्बाङ

दमक — नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई सम्मान गर्दै वर्तमान सरकारले मार्गप्रशस्त गरेर नयाँ सरकार निर्माण सहयोग गर्नुपर्ने बताएका छन् । झापाको दमकमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै नेता नेम्बाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताए ।

नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर गर्दैन : नेम्बाङ

निर्वाचन आयोगप्रति निकै आक्रामक देखिएका नेम्बाङले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्माएको टिप्पणी गरे । 'आयोगको कामकारवाहीप्रति शंका जन्मिएको छ, त्यसमा आयोग गम्भीर बनोस्' नेता नेम्बाङले भने ।


राष्ट्रियसभाको निर्वाचन गराएर मात्र नयाँ सरकार बन्न सक्ने तर्क गर्न खोज्नु जनमतको भावना विपरीत हुने नेम्बाङको दाबी थियो । उनले भने, 'नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर गर्दैन ।'


इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता नेम्बाङले वाम गठबन्धनबीचको एकता कसैले रोक्न नसक्ने धारणा राखे । निर्वाचनबाट वाम गठबन्धनको घोषणापत्र अनुमोदित भइसकेको चर्चा गर्दै नेम्बाङले भने, 'त्यसले छिट्टै पूर्ण आकार निर्माण गर्दैछ त्यसमा कसैले आशंका गर्न आवश्यक छैन ।'

प्रकाशित : पुस १७, २०७४ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?