१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सडक दुर्घटनामा एक पैदलयात्रुको मृत्यु, चार घाइते

धरान — सुनसरी र मोरङमा सोमबार विहान भएका छुट्छुट्टै सडक दुर्घटनामा एक पैदल यात्रुको मृत्यु भएको छ । दुर्घट्नामा परि चार जना घाईते भएका छन् ।

सडक दुर्घटनामा एक पैदलयात्रुको मृत्यु, चार घाइते



मोरङको वेलवारी सडकखण्डमा नम्वर नखुलेको यात्रुवाहक वसले पैदलयात्री ४० वर्षीय महेश राईलाई ठक्कर दिंदा मृत्यु भएका हो । राईको उपचारका लागि धरान ल्याउने क्रममा मृत्यु भएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रहरी पोष्टले जनाएको छ ।

यसैगरी धरान इटहरी सडक खण्ड अन्तर्गत चारकोशे झाडीमा भएको सडक दुर्घटनामा ४ जना घाईते भएका छन् । धरानवाट सप्तरीको फत्तेपुर जादै गरेको ना ४ ख ७७८१ नम्वरको वसलाई तिव्रगतिमा धरानवाट विराटनगरतर्फ जादै गरेको को १ ख ५३६३ नम्वरको वसले पछाडीबाट ठक्कर दिंदा चारजना घाइते भएका हुन् ।


घाइते हुनेहरुमा धरान उपमहानगरपालिका वडा नं. ६ बस्ने २४ वर्षीय सुवास गिरी, उदयपुरको बेलका ५ बस्ने ७५ वर्षीय चक्र कार्की, उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बस्ने २८ वर्षीय सुम्निमा राई घाईते भएको प्रहरीले जनाएको छ । सवै घाईतेको विपि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । वस र वस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यसैगरी सोमबार विहान चारकोसे जंगलमै ट्याक्टर दुर्घटनामा परी धरान उपमहानगरपालिका वडा नं. ६ बस्ने १६ वर्षीय सुन्दर लिम्वू पनि घाईते भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : पुस १७, २०७४ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?