२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

थाली पिट्दै राजधानी माग

मोहन शाही

डोटी — प्रदेश राजधानीको माग गर्दै १० दिन यताबाट जारी आन्दोलन दिपायलमा चर्कँदै गएको छ । व्यपार, व्यवसाय, यातायात, विद्यालय, संघसंस्था, कार्यालय बन्द गरी आन्दोलनमा उत्रेका स्थानीयले शुक्रबार थाली पिटेर शक्ति प्रर्दशन गरेका छन् ।

थाली पिट्दै राजधानी माग

आज गाउँ गाउँबाट आएका महिला, युवा, बृद्धबृद्धाहरुले हात हातमा बोकेका थाली पिट्दै दिपायल, पिपल्ला, राजपुरमा राजधानीको माग गरिरहेका छन् ।

उनीहरुले इतिहास, भूगोल र भौत्तिक स्रोत साधनका सबै दृष्टीले दिपायलनै उपयुक्त रहेकोमा पछिल्ला समय सरकार र राजनैतिक नेतृत्वले खेलिरहेको भुमिका प्रति चर्को विरोध जनाउँदै आएका छन् । नेताहरुका पुत्ला दहन गर्दै नाराबाजीसमेत गरिरहेका छन् ।

डोटी उद्योग वाणिज्य संघको अगुवाईमा संघर्ष समिति गठन गरी डोटीमा निरन्तर आन्दोलन चर्काइरहेका छन् । यहाँका क्षेत्रीय कार्यालयहरु नियन्त्रणमा लिई आन्दोलनकारीहरुले प्रदेश कार्यालयहरुमा होर्डिङ्ग बोर्ड लगाएका छन् ।

आन्दोलनमा शिक्षक, प्राध्यापक, बिद्यार्थी, सरकारी तथा संघसंस्थाका कर्मचारी, पत्रकार लगायतले ऐक्यबद्धता जनाउँदै कडा रुपमा प्रस्तुत भइरहेका छन् ।


निरन्तर यातायात तथा ब्यापार ठप्प पार्दा तीन जिल्लामा खाद्यान्न, लुगाकपडा अभाव हुन थालेको छ । यात्रुहरु बाटोमै अलपत्र परेका छन् । पैदल हिँडेर बाजुरा, अछाम र डोटीका यात्रु लामो यात्रा गरी कष्ट बेहोरिरहेका छन् । सडकमा टायरबाल्दा वातावरण अस्तव्यस्त पारेका छन् । ‘डोटीमाथिको अन्याय सहन्न सकिन्न,' डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने,‘हाम्रो माग गम्भीरतासाथ लिइएन भने त्यसबाट आउने दुष्परिणामको दोष सरकार र नेताहरुले लिनु पर्छ ।’

शहरी विकास मन्त्रालयले प्रदेश नं. ७ को राजधानी धनगढीमा बनाउने खाका प्रस्तुत गरेपछि आन्दोलन थप चर्केको एमालेका नेता प्रेम शाहले बताए ।

प्रकाशित : पुस २१, २०७४ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?