१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

के गर्दै छन् पूर्व राजा ज्ञानेन्द्र दाङमा ?

विभिन्न मन्दिरमा दर्शन भेट
दुर्गालाल केसी

दाङ — पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार दाङ आएका छन् । उनले घोराहीस्थित गोरक्ष रत्ननाथ मन्दिर र अम्बिकेश्वरी मन्दिर दर्शन गरेका छन् । शाहले मन्दिरमा पूजाआजा गरी सबै शक्तिपिठहरुको अवलोकन पनि गरे ।

के गर्दै छन् पूर्व राजा ज्ञानेन्द्र दाङमा ?

मन्दिर व्यवस्थापन समितिले मन्दिरको इतिहास र महत्वबारे प्रकाश पारेको थियो । समितिका पदाधिकारीले मन्दिरमा भएका समस्या पनि राखेका थिए । शाहले समस्या ध्यान दिएर सुने पनि कुनै प्रतिक्रिया दिएनन् ।


शाहलाई स्वागत गर्न समर्थकहरुको लामो लाइन लागेको थियो । स्वागतमा उपस्थित सयौं शुभचिन्तकहरुले ‘राजा आऊ, देश बचाऊ, हाम्रा राजा प्राणभन्दा प्यारा छन्,’ जस्ता नारा लगाएका थिए । समर्थकहरुले शाहलाई फूलमालाले स्वागत गर्दै विभिन्न समस्या पनि राखेका थिए । कतिपयले राजनीतिक दलहरुले राम्रो काम गर्न नसकेको गुनासो गर्दै शाहलाई देशको नेतृत्व गर्न आग्रह गरेका थिए । शाहले कुनै प्रतिक्रिया नजनाई सहमतिमा टाउको मात्रै हल्लाएका थिए ।

शाह नेपालगञ्जबाट गाडीमा लमही हुँदै घोराही आएका हुन् । लमहीको अर्जुनखोलामा पनि देउखुरी क्षेत्रका समर्थकहरु स्वागत गर्न सडकमा आएका थिए । शाहले भ्रमणको उद्देश्य केही बताएका छैनन् । यसपछि नेपालगञ्ज फर्कने कार्यक्रम रहेको छ । केही दिनपछि सुर्खेत भ्रमणको कार्यक्रम रहेको सुरक्षास्रोतले जानकारी दिएको छ ।










प्रकाशित : पुस २१, २०७४ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?