कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा आइतबार बिहानदेखि पुन: यातायात बन्द

धनकुटा — धनकुटामा हिजो सॉझदेखि खुलेको यातायात आज बिहान ८ बजेदेखि पुन: बन्द गरिएको छ । धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले विगत पॉच दिनदेखि आव्हान गरेको आम हड्ताललाई निरन्तरता दिइएको आन्दोलन परिचालन समितिले जनाएको छ ।

धनकुटामा आइतबार बिहानदेखि पुन: यातायात बन्द

सरकारले तत्काल राजधानी नतोक्ने भएपछि आमहड्ताल खुकुलो पारिएका आन्दोलन परिचालन समितिले जनाएको छ । आजदेखि ८ घण्टा मात्र यातायात बन्द गरिने समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सवारी साधन बन्द गरिने उनले बताए ।


हिजो सॉझ ५ देखि आज बिहान ८ बजेसम्म यातायात खुलाईएको थियो । तर बिहान ८ बजेदेखि पुन: कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात बन्द रहेको छ । हिजो साझ बन्द खुलाईएपछिको सडकमा रातभर यातायात चलेका थिए । आन्दोलन परिचालन समितिको बैठकले सरकारी, गैरसरकारी कार्यालय, शिक्षण संस्था तथा जिल्लास्थित सात वटै स्थानीय तह बन्द गर्ने निर्णय गरेको छ । धनकुटामा बजार, पसल, कलकारखाना बन्द रहेका छन् ।


जिल्लास्थित राजनैतिक दलले समेत आमहड्ताललाई पुर्ण समर्थन र सहयोग गर्ने भन्दै आन्दोलन प्रति ऐक्यवद्धता प्रकट गरेका छन् । राणाकालिन गौडादेखि पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र रहेको धनकुटामा पर्याप्त पुर्वाधार, उपयुक्त हावापानी, सामरिक दृष्टिले सबल लगायत पक्षलाई ख्याल गरेर राजधानी कायम गरिनु पर्ने धनकुटाबासीको तर्क छ । एक महिनादेखि जारी आन्दोलनले पछिल्लो समय आमहड्तालको रुप लिएको छ । राजधान माग्दै धनकुटाबासीले काठमाडौंमा पनि दवावमुलक गतिविधि गर्दै आएको प्रादेशिक राजधानी अभियान समितिका संयोजक सांसद निरन राईले बताए ।


प्रकाशित : पुस २३, २०७४ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?