युवा व्यवसायी पौडेल हत्याको विरोधमा आज पनि रुपन्देही बन्द

अमृता अनमोल

बुटवल — युवा व्यवसायी पौडेलको हत्याको विरोधमा आइतबार पनि रुपन्देही बन्द छ ।

युवा संघ तथा अनेरास्ववियु रुपन्देहीले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चित कालिन रुपन्देही बन्दको आव्हान गरेका हुन् ।

युवा व्यवसायी पौडेल हत्याको विरोधमा आज पनि रुपन्देही बन्द

युवा व्यवसायी पौडेलको हत्याको विरोधमा आइतबार पनि रुपन्देही बन्द छ ।


युवा संघ तथा अनेरास्ववियु रुपन्देहीले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चित कालिन रुपन्देही बन्दको आव्हान गरेका हुन् । जिल्लामा क्रियाशिल राजनीतिक दल, व्यवसायीक संघसस्था र नागरिक समाजले समेत बन्दमा ऐक्यबद्धता जनाएका छन् । सुरक्षाको माग गर्दै घटनास्थल देवदहका स्थानीय वासिन्दासमेत बन्दमा उत्रिएका छन् ।


प्रहरी प्रशासनको कमजोरीका कारण युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको ठिक १ वर्ष पछाडि फेरि अर्को युवाको हत्या भएको उनीहरुको दावी छ । दोषिलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने भन्दै पौडेलको शव समेत आफन्तले लुम्बिनी अञ्चल अस्पताल बुटवलमै छोडेका छन् । हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने अनेरास्ववीयु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभयो ।


बन्दका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्ग ठप्प छन् । चोक चोकमा बसेर अवरोध गरेपछि भित्री सडकमा पनि सवारीका साधन चलेका छैनन् । बजार पसल तथा औद्योगिक प्रतिष्ठान समेत खुलेनन् । बन्दको प्रभाव बुटवल, देवदह, खैरेनी लगायतका स्थानका धेरै परेको छ । एक्कासी आयोजना भएको बन्दका कारण यात्रुहरुले निकै सास्ती व्यहोरेका छन्।


गन्तब्यमा पुग्न नपाउँदा सडकमा अलपत्र परेका वृद्ध र बालबालिका सहितका यात्रुलाई प्रहरीले राति १२ बजेपछि स्कटिड. गरेर रुपन्देहीको सिमा कटाएको थियो । बन्द खुलाउन बन्दकर्ता र प्रहरीबीच पटक पटक छलफल भएपनि दोषिलाई पक्राउ नगर्दासम्म बन्द यथाबत राख्ने जीकिर गरेपछि छलफल टुंगोमा पुगेको छैन । रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले बन्दकर्ता आवेशमा रहेकाले घटना उत्तेजीत हुन नदिन प्रहरीले बल प्रयोग गर्न नसकेको बताए ।


व्यवसायी पौडेलको शुक्रबार बिहान करिब सबा ११ बजे देवदह २ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसेका बेला गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी भागेका थिए । घटना लगत्तै यसअघि सोही स्थानमै हत्या भएका युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य आरोपी मनोज पुनले स्थानीयलाई टेलिफोन गरी हत्याको जिम्मा लिएका छन् ।


संवेदनशील घटना भन्दै प्रहरीले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान तथा र संघीय इकाइ कार्यालय भैरहवाबाट छुट्छाछुट्टै टोली बनाएर काम थालेको छ । टोलीले एक साताभित्र घटनाबारे अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्ने छ ।

प्रकाशित : पुस २३, २०७४ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?