२२ जना उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

ज्योती कटुवाल

दैलेख — प्रतिनिधिसभा तथा प्रदेशसभाका २२ जना उम्मेदवारले चुनावीखर्च विवरण बुझाएका छन् । गएको मंसिर २१ गते सम्पन्न चुनावबाट निर्वाचित भएका  ६ जना सांसदसहित २२ जना उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकृत भक्तबहादुर कार्कीले जानकारी दिएका छन् । 

२२ जना उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

प्रदेश तथा प्रतिनीधि सभा सदस्यका कुल ३९ जना उम्मेदवार मध्ये २२ जना उम्मेदवारले चुनावीखर्च विवरण बुझाएका छन । प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका अन्य १७ जना उम्मेदावरहरुले चुनावीखर्च विवरण बुझाउन बााकी रहेको छ ।


चुनावी खर्च बुझाउनेहरुमा दैलेख क्षेत्र नं. १ का प्रतिनीधीसभा सदस्यमा निर्वाचित रविन्द्रराज शर्मा, प्रदेश (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित धर्मराज रेग्मी, प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित अम्मरबहादुर थापाले रहेका छन् ।


यस्तै क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित राजबहादुर बुढा क्षेत्री, प्रदेश (क) बाट बाटप्रदेश सभा सदस्यमा निर्वाचित शुसिलकुमार थापा, प्रदेश (ख) बाट बाटप्रदेश सभा सदस्यमा निर्वाचित राजबहादुर शाहीले पनि चुनावीखर्च विवरण बुझाइसकेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।


यसैगरी प्रतिनीधिसभा तथाप्रदेशसभा सदस्यको उम्मेदवार बनेका शिवराज जोसी, दिक्पालकुमार शाही, मधुरविक्रम खनाल, जग्यबहादुर शाही, मोतिराम लम्साल, लालबहादुर कठाएत, कमलापति सुवेदी, बम बहादुर सिंह, दुर्ग बहादुर मगर, जगत बहादुर वलीले पनि चुनावी खर्च बुझाएका हुन् ।


दैलेख क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यको उम्मेदवार दिपककुमार शाहीले पनि खर्च विवरण बुझाइसकेका छन् । यसैगरी किशोर कुमार सिंह, गणेशबहादुर खड्का, कृष्ण कुमार विसी, जगत जंगथापालगाएत २२ जना उम्मेदवारले चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।


१७ जना उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाउन बाकी रहेको कार्यालयले जनाएको छ । बाकि रहेका प्रतिनिधिहरुले चुनावी खर्च विवरण बुझाउने म्याद यहि पौष २७ गते सम्ममात्रै रहेको कार्कीले जानकारी दिएका छन् ।


प्रकाशित : पुस २३, २०७४ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?