कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रधानन्यायाधीशविरुद्ध अनसनको तयारीमा डा. केसी

काठमाडौँ — प्रा.डा. गोविन्द केसीले १४ औं अनसनको तयारी गरेका छन् । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशि शर्मा चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाल गरेपछि केसीले अनसनको तयारी गरेका हुन् ।

प्रधानन्यायाधीशविरुद्ध अनसनको तयारीमा डा. केसी


दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको केसीका सहयोगी डा. अभिषेक सिंहले जानकारी दिए ।


शर्मालाई कानुनविपरीत बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्च अदालतले आइतबार पुनर्बहाली गर्न आदेश दिएको थियो । चारवर्षे पदावधिका कारण आगामी बिहीबार पदावधि सकिनु चार दिनअघि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई पुनर्बहाली गरेपछि केसी प्रधानन्यायाधीशविरुद्ध नै अनसनमा उत्रिएका हुन् । शर्माले आइतबार राति नै पदबहाली गरेका छन् ।


डा. केसीले स्वतन्त्र न्यायपालिकाको माग गरेका छन् ।


शर्मालाई त्रिवि कार्यकारी परिषद्ले २०७० पुस २६ गते नियुक्त गर्ने निर्णय थियो । निर्णयको पर्सिपल्ट उनी नियुक्त भएकाले चारवर्षे कार्यकाल आगामी बुधबार सकिँदै छ। सर्वोच्चले ४ दिन कार्यकाल बाँकी भएका शर्मालाई बहाल हुन चाहेमा बहाल हुनु भनी आदेश दिनुका साथै तत्कालीन डिन राकेश श्रीवास्तवको नियुक्तिसमेत बदर गरिदिएको छ।


कनिष्ठलाई डिन नियुक्त गरिएको र सम्बन्धनको खेल भएको भन्दै डा गोविन्द केसीले थालेको अनशनले चिकित्सा क्षेत्र आन्दोलित भएपछि तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष एवं त्रिवि कुलपति खिलराज रेग्मीले शर्मालाई बर्खास्त गर्न निर्देशन दिएका थिए। त्यसविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट हालेका थिए।

प्रकाशित : पुस २४, २०७४ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?