प्रदेश प्रमुखमा सहमति प्रयास

काठमाडौँ — सरकारले संसदमा प्रतिनिधित्व गर्ने पाँच दलकै सहमतिमा प्रदेश प्रमुख नियुक्ति गर्ने प्रयास गरेको छ । यही प्रयासका कारण सोमबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक हुन सकेन । 

प्रदेश प्रमुखमा सहमति प्रयास

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका नेताहरूसँग यसबारे अनौपचारिक संवाद गरिरहेको बालुवाटार स्रोतले बतायो । ‘एमालेका दोस्रो तहका नेताहरूमार्फत प्रधानमन्त्रीले संवाद गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘सकभर प्रमुख दलहरूबीच भागबन्डाकै आधारमा प्रदेश प्रमुख नियुक्ति गर्ने प्रयास हुँदै छ ।’ देउवाले सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा पनि सहमतिकै आधारमा प्रदेश प्रमुख नियुक्ति गर्न चाहेको बताएका थिए । सरकारका एक मन्त्रीका अनुसार मंगलबार मन्त्रिपरिषद् बैठक बसेर प्रदेश प्रमुख नियुक्ति हुने सम्भावना छ ।

प्रकाशित : पुस २५, २०७४ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?