डा. केसी पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

स्वरूप आचार्य

काठमाडौँ — अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । बिहान ८ बजेदेखि नै राजनीतिक दलका नेता, पेसाकर्मी, कलाकार, विद्यार्थी तथा केसी समर्थकले प्रदर्शन गरेका हुन् ।

डा. केसी पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

बिहान ८ बजेदेखि नै राजनीतिक दलका नेता, पेसाकर्मी, कलाकार, विद्यार्थी तथा केसी समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रलगायतको उपस्थिति छ ।

प्रदर्शनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले मंगलबार बिहान नै सिंहदरवार वृत्त पुगेर केसीलाई भेटेका थिए । ‘अदालतको अवहेलना’ मुद्दामा प्रहरीलाई पक्राउ गर्न फैसला गरेलगत्तै प्रहरीले केसीलाई पक्राउ गरी सिंहदरवार वृत्त पुर्‍याएको हो ।

सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए ।

केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन बसेलगत्तै अदालतमा मुद्दा दायर भएको थियो ।


प्रकाशित : पुस २५, २०७४ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?