कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डा. केसी सर्वोच्च अदालतमा

काठमाडौँ — अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई अहिले सर्वोच्च अदालत पुर्‍याइएको छ ।

केसीलाई बिहान साढे ९ बजे मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएको छ ।

डा. केसी सर्वोच्च अदालतमा

अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई अहिले सर्वोच्च अदालत पुर्‍याइएको छ ।


केसीलाई बिहान साढे ९ बजे मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएको छ । उनीसँगै कानुन व्यवसायी सुरेन्द्र भण्डारी मुद्दा महाशाखामा उपस्थित छन् ।


केसीलाई सिंहदरवार प्रहरी वृत्तबाट सर्वोच्च लगिएको हो ।


सर्वोच्च अदालत वरपर मंगलबार बिहानदेखि नै सुरक्षा कडा गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।


प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली साढे ९ बजे अदालत आए पनि पेसी सूची सार्वजनिक भएको छैन ।


सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए ।


केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन बसेलगत्तै अदालतमा मुद्दा दायर भएको थियो ।

प्रकाशित : पुस २५, २०७४ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?