१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

डा. केसीको मुद्दा मिश्र र चालिसेको बेञ्चमा

कृष्ण ज्ञवाली

काठमाडौँ — डा. गोविन्द केसीमाथि लागेको अदालतको अबहेलना मुद्दा न्यायाधीशद्वय आमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको बेञ्चमा तोकिएको छ । बयान सकिएपछि मिश्र र चालिसेको संयुक्त इजलासमा डा. केसीको मुद्दा सुनुवाइ हुनेछ ।

डा. केसीको मुद्दा मिश्र र चालिसेको बेञ्चमा



केसीलाई सिंहदरवार प्रहरी वृत्तबाट सर्वोच्च लगिएको थियो ।


सर्वोच्च अदालत वरपर मंगलबार बिहानदेखि नै सुरक्षा कडा गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।


सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए ।


केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन बसेलगत्तै अदालतमा मुद्दा दायर भएको थियो ।


प्रकाशित : पुस २५, २०७४ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?