डा. केसीलाई रिहाई गर्न चिकित्सक संघको माग

काठमाडौँ — नेपाल चिकित्सक संघले आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएको घटना प्रति दु:ख व्यक्त गर्दै यथासिघ्र रिहाईको माग गरेको छ । 

डा. केसीलाई रिहाई गर्न चिकित्सक संघको माग

डा. केसीलाई पक्राउ गरेको घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तीमा लेखिएको छ ।


संघको विज्ञप्तीमा डा. केसीले सत्याग्रहको माध्यमबाट चिकित्साशिक्षा तथा स्वास्थ्य क्षेत्रमा सर्वसाधारणहरुको सहज पहुाच, गुणस्तरीयता र जनसरोकारका विषयमा उल्लेखनिय प्रगति हासिल गराउन सफल भएको बताउादै अस्पताल परिसरभित्रबाटै यस प्रकारको गिरफ्तारीप्रति नेपाल चिकित्सक संघ दुखित भएको उल्लेख गरिएको छ ।


प्रकाशित : पुस २५, २०७४ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?