कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीको बयान सकियाे, सुनुवाई भाेलि

डा. केसीको बयान – प्रधानन्यायाधीशमाथि छानबिन होस्
डा. केसी अझै थुनामै

काठमाडौँ — डा. गोविन्द केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा आफ्नो बयान दिने क्रममा सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

डा. केसीको बयान सकियाे, सुनुवाई भाेलि

उनले अदालतमा दिएको बयानमा प्रधानन्यायाधीश पराजुलीले उमेर सच्याएर नागरिकता लिएको, उनको एसएलसी उत्तीर्ण सर्टिफिकेट नभेटिएको जस्ता विषय अनुसन्धान हुनुपर्ने बताएका छन् ।


प्रधानन्यायाधीश पराजुलीलाई पदबाट हटाउनु पर्ने माग राख्दै अनसन बसेका केसीलाई अदालतको अवहेलना मुद्दामा सोमबार प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको हो ।


दिउँसो २ बजेबाट सुरु भएको बयानमा केसीले दाबी गरेका छन्– प्रधानन्यायाधीश पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीको पक्षमा फैसला गरेलगत्तै आफ्ना भानिजलाई अख्तियारको कानुनी सल्लाहकारको रुपमा जागिर खुवाएका थिए ।


अदालतलाई बुझाइएकाे आफ्नो लिखित बयानमा केसीले प्रधानन्यायाधीश पराजुलीले जग्गा प्लटिङ गर्ने सरकारी नीतिविरुद्ध फैसला गरेको, कर तिर्न बाँकी भएको संस्थाको पक्षमा फैसला गरेको जस्ता विषयमा अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।


केसीले बयान सकिएपछि पक्ष र विपक्षमा बहस सुरु भएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा केसीको मुद्दा बहस भएको थियो।

आज बयान सकिएको छ । मुद्दाको सुनुवाइ भोलि हुनेछ । उनी अझै थुनामा नै रहेका छन् ।

प्रकाशित : पुस २५, २०७४ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?