कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

राजधानी माग्दै दिपायलमा धर्ना

मोहन शाही

डोटी — प्रदेश राजधानीको माग गर्दै डोटीको दिपायलमा धर्ना कार्यक्रम सुरु भएको छ । 
आन्दोलनको स्वरुप परिवर्तन गरेर संघर्ष समितिले मंगलबारबाट धर्ना कार्यक्रम थालेको हो । संघर्ष समिति संयोजक नरेन्द्र खड्काले लगातारको आमहड्तालले जनजीवन अस्तव्यस्त भएको हुँदा आन्दोलनको स्वरुप बदलिएको जानकारी दिए ।

राजधानी माग्दै दिपायलमा धर्ना

हाम्रो राजधानीको माग कायमै छ’, पत्रकार सम्मेलनमा खड्काले भने–‘तर जनतालाई प्रत्यक्ष सास्ती हुने काम स्थगित गरी रचनात्मक दबाब दिने निर्णय गरेका छौं ।’


धर्नासँगै संघर्ष समितिले प्रदेशका अन्य पहाडी जिल्लाका सरोकारवाला संग अन्तर्क्रिया, बहस तथा समन्वयकारी काम गर्ने बताएको छ । क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा दैनिक दिउँसो १२ देखि २ बजेसम्म धर्ना दिने निर्णय गरेको छ । मंगलबार उद्योग वाणिज्य संघ, बुधबार शैलेश्वरी यातायात व्यवसायी समिति, बिहीबार गैरसरकारी संस्था महासंघ, शुक्रबार होटल व्यवसायी संघ, शनिबार निर्माण व्यवसायी संघको नेतृत्वमा धर्ना कार्यक्रम हुने बताइएको छ ।


त्यस्तै पुस ३० गते नागरिक समाज, माघ १ गते शिक्षक महासंघ र माघ २ गते स्वतन्त्र विद्यार्थी युनियन डोटी क्याम्पसले धर्ना कार्यक्रमको नेतृत्व गर्नेछन् । १३ औं दिनदेखिको लगातारको आन्दोलनले पहाडी जिल्लाको जनजीवन अस्तब्यस्त बनेको थियो । बन्दले अत्यावश्यक औषधिका साथै दैनिक उपभोग्य, निर्माण सामाग्रीलगायत अभाव हुँदा जनजीवन कष्टकर बनेको थियो ।

प्रकाशित : पुस २५, २०७४ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?