२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

डा. केसीको गिरफ्तारी निन्दनीय : प्राध्यापक सुवेदी

‘नेपाली न्याया छापामार शैलीको’

लन्डन — ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक क्यूसी प्रा. सूर्यप्रसाद सुवेदीले डा. गोविन्द केसीको गिरफ्तारी ‘निन्दनीय’ भन्दै विरोध गरेका छन् । 

डा. केसीको गिरफ्तारी निन्दनीय : प्राध्यापक सुवेदी

सुवेदीले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय महत्वका विषयमा आफ्ना केही माग राखी शान्तिपूर्ण तरिकाले अनसन बसेका केसीलाई पक्रनुले नेपालको छवि अन्तर्राष्ट्रियस्तरमा धुमिल भएको उल्लेख गरेका छन् । उनले नेपालको न्याय

‘छापामार शैली’को भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।


‘माओवादी र कांग्रेस गठबन्धनले छापामार शैलीमा रातारात तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीलाई निर्लज्ज तरिकाले महाअभियोग लगाएको धेरै समय नबित्दै अहिले सर्वोच्च अदालत आफैंले हतार हतार छापामार शैलीमा केसीलाई गिरफ्तार गर्न आदेश दिनु र प्रहरी प्रशासनले पक्रनु निन्दनीय छ । यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि धुमिल भएको छ’, सुवेदीको वक्तव्यमा छ ।


प्रकाशित : पुस २५, २०७४ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?