कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीलाई वीर अस्पताल लगियो

काठमाडौँ — प्रहरीले उपचारका लागि डा. गोविन्द केसीलाई वीर अस्पताल लगेको छ ।

सर्वोच्च अदालतमा आज केसीको बयान सकिएपछि केसीलाई अस्पताल लगिएको हो ।

डा. केसीलाई वीर अस्पताल लगियो

अदालतको मानहानी मुद्दामा डा. केसीलाई प्रहरीले हिजो पक्राउ गरी आज अदालतमा उपस्थित गराएको थियो । अदालतले डा. केसीसँग आज बयान लिएको हो ।

अदालतले केसीको बयानको आधारमा भोलि बहस गर्ने भएको छ ।


प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै डा. केसीले सोमबार दिउँसोदेखि अनसन सुरु गरेका थिए । लगत्तै उनीमाथि अदालतमा मानहानीको आरोप लागेको हो ।


प्रकाशित : पुस २५, २०७४ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?