कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीको पक्षमा उर्लियो सोसल मिडिया

काठमाडौँ — डा.गोविन्द केसीले सोमबार प्रधानन्यायाधीशको राजीनामा माग गरेर अनसन सुरु गरेसँगै नेपाली सोसल मिडिया जगत तात्तिएको थियो । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले माफियासँग मिलेर फैसला गरेको आरोप लगाएका थिए

डा. केसीको पक्षमा उर्लियो सोसल मिडिया

लगत्तै सोसल मिडियामा प्रधानन्यायाधीश पराजुलीको विवादित विगतका बारेमा टिकाटिप्पणी सुरु हुन थालेको थियो । सञ्चारमाध्यममा आएको केसीको अभिव्यक्तिलाई आधार मानेर सोमबार साढे ४ बजे नै अदालतले उनीमाथि मानहानीको आरोप लगाउँदै पक्राउ गरी मंगलबार ९ बजे सर्वोच्चमा हाजिर गराउन प्रहरीलाई निर्देशन दिएको थियो ।

सर्वोच्चको यो आदेशले डा. केसी समर्थक र तटस्थ व्यक्तिहरुलाई समेत आक्रोशित बनाएको देखियो । प्रहरीले उनलाई सोमबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरको अनसनस्थलबाटै पक्राउ गरेपछि सोसल मिडियामा झन् बढी आक्रोश देखियो ।

यसमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि पूर्व स्वास्थ्यमन्त्री गगन थापासम्म देखिए । ट्वीटर प्रयोगकर्ताहरुकै आह्वानमा मंगलबार बिहान ८ बजे माइतीघर मण्डलामा उनको समर्थनमा जुलुस निकालिएको थियो ।

डा. केसीको पक्राउको विरोधमा कसले के भने ? केही प्रतिनिधि भनाई :

प्रकाशित : पुस २५, २०७४ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?