कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शितलहर प्रभावित जिल्लामा राहत दिन राजपाको माग

काठमाडौँ — राष्ट्रिय जनता पार्टीले शितलहर प्रभावित जिल्लामा राहत वितरण गर्न र जाडोका कारण मृत्यु भएकाहरुका परिवारलाई उचित क्षतिपूर्तिको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । 

शितलहर प्रभावित जिल्लामा राहत दिन राजपाको माग

राजपाको मंगलबार बसेको बैठकपछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘शितलहर प्रभावित जिल्लामा न्यानो कपडा, कम्बल र दाउराको उचित प्रबन्ध गर्न माग गर्दछौं ।’


साथै, राजपाले कैलाली घटना र मधेस आन्दोलनको क्रममा भएको क्षतिको छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन पेश गर्न गर्न पनि सरकारसमक्ष माग गरेको छ ।


छानबिन आयोगले सरकारलाई प्रतिवेदन बुझाएको महिनौं बितिसक्दा पनि सार्वजनिक नहुँदा आफूहरु सशंकित बनेको विज्ञप्तीमा उल्लेख छ ।


प्रकाशित : पुस २५, २०७४ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?