२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

डा. केसीको मुद्दा पुरुषोत्तम र बमकुमारको इजलासमा

कृष्ण ज्ञवाली

काठमाडौँ — अदालतको मानहानी गरेको आरोपमा सोमबार रातिदेखि प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीको मुद्दालागि बुधबार पुरुषत्तोम भण्डारी र बमकुमार श्रेष्ठको इजलास तोकिएको छ । डा. केसीलाई इजलासमा लगिएको छ ।

डा. केसीको मुद्दा पुरुषोत्तम र बमकुमारको इजलासमा

अब केही बेरमै इजलासमा बहस सुरु हुने छ ।


मंगलबार डा. केसीमाथि लागेको अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको बेञ्चले हेरेको थियो । हिजोको इजलासले उनको बयान लिएको थियो । बयान सकिएपछि प्रहरीले उपचारका लागि डा. गोविन्द केसीलाई वीर अस्पताल लगेको थियो । हिजो उनलाई वीर अस्पतालमा नै भर्ना गरेर राखिएको थियो ।


प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै डा. केसीले सोमबार दिउँसोदेखि अनसन सुरु गरेका थिए । लगत्तै उनीमाथि अदालतमा मानहानीको आरोप लागेको हो ।

प्रकाशित : पुस २६, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?