१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गोपाल पराजुली भ्रष्ट र माफिया हुन्ः डा. केसी

कृष्ण ज्ञवाली

काठमाडौँ — डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भ्रष्ट र माफिया भएको आरोप लगाएका छन् । उनले आफ्नो आन्दोलन न्यायलय विरुद्ध नभइ व्यक्तिमाथि भएको बताएका छन् । उनले भने, 'मैले कुनै संस्था विरुद्ध आन्दोलन गरिरहेको छैन । प्रधानन्यायाधीश गोपाल पराजुली (व्यक्ति) माथि हो ।'

गोपाल पराजुली भ्रष्ट र माफिया हुन्ः डा. केसी

डा. केसीले आफूलाई दया र कृपाले छाड्न नपर्ने बताए । उनले आफू हिरासत मुक्त हुन पनि नचाहेको उल्लेख गरेका छन् । उनले भने, 'मलाई दयामायाले छाड्न पर्दैन । म हिरासतमै भएपनि आफ्ना माग पुरा नहुन्जेल अनसन बस्छु ।'


उनले सम्बन्धित निकायलाई आफ्नो माग पुरा गरेपछि मात्रै हिरासत मुक्त गर्न आग्रह गरेका छन् ।


यसैबीच आजको बहसमा अधिकांश कानुन व्यवसायीले केसीको मागमाथि व्याख्या गर्दै गोपाल पराजुलीमाथि लागेका विभिन्न आरोप तथा विवादबारे छाविन गर्नुपर्ने बताएका छन् ।


प्रकाशित : पुस २६, २०७४ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?