डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा [आदेशको पूर्णपाठसहित]

प्रधानन्यायाधीशमाथिको आरोपबारे छानबिन हुने
कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई बिनाधरौटी तारेखमा रिहा गरेको छ । केहीबेर अघि तयार भएको संक्षिप्त आदेशमा डा. केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मा लगाउन भनिएको छ ।

डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा [आदेशको पूर्णपाठसहित]

साथै, अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्र विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने भनिएको छ भने प्रमाणपत्रको सम्बन्धमा न्यायपरिषद्‍बाट कागज झिकाउने उल्लेख छ ।

डा. शशी शर्माको मुद्दाबारे भने सर्वोच्च अदालतबाटै मिसिल झिकाएर अध्ययन गरिने आदेशमा उल्लेख छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले यो आदेश दिएको हो ।


अदालतको मानहानी मुद्दामा केसी सोमबार साँझ पक्राउ परेका थिए । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसन सुरु गरेलगत्तै अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो ।

डा. केसीले प्रहरी हिरासतभित्र पनि आफ्नो अनसन जारी राखेका थिए । उनले आफ्नो माग पूरा नहुन्जेल अनसन जारी राख्ने बताएका छन् ।

डा. केसीले आफ्नो बयानको क्रममा पनि प्रधानन्यायाधीश पराजुली भ्रष्ट भएकाले अनुसन्धान हुनुपर्ने माग गरेका थिए ।




प्रकाशित : पुस २६, २०७४ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?