लाङटाङ लिरुङको सुनौला दृश्य 

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — लाङटाङ लिरुङ हिमाल बिहान, दिउँसो र बेलुका फरक फरक देखिन्छ । यसको बदलिदो भागभंगीले अवलोकनकर्ताकाे मन बहलिन्छ । 

लाङटाङ लिरुङ रसुवा जिल्ला गोसाइकुण्ड गाउFपालिका– ४ मा पर्छ। ७ हजार २ सय ४५ मिटर अग्लो यो हिमाल सुर्योदय र सुर्यास्तको बेला सुनझैं चिम्कलो बन्छ।

Yamaha

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने लाङटाङ लिरुङ हिमाल अवलोकन गर्न वर्षेनी दशाै‌ हजार पर्यटक आउने गर्छन्। यो नेपालकै तेस्रो पर्यटकीय पदमार्गको रुपमा रहेको छ। लाङटाङ लिरुङलाई जिल्लाको उतरी क्षेत्रबाट देख्न सकिन्छ।

गोसाइकुण्ड पदमार्गको लौरीबिना र तामाङ सम्पदा मार्गको नाकथलीबाट यो हिमाल नजिकै देखिन्छ।

लाङटाङ क्षेत्रमा पर्यटकका लागि घुम्न तीन पदमार्ग छन्। धुन्चे, गोसाइकुण्ड हुादै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेसी हुादै लाङटाङ र तामाङ सम्पदा मार्गको स्याफ्रुबेसी देखि गोल्जङ, गतलाङ, चिलिमे थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुसम्मको पदमार्ग।

Esewa Pasal

प्रकाशित : पुस २७, २०७४ १६:५२
लाङटाङ लिरुङ रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका– ४ मा पर्छ । ७ हजार २ सय ४५ मिटर अग्लो यो हिमाल सुर्योदय र सुर्यास्तको बेला सुनझैं चिम्कलो बन्छ । लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने लाङटाङ लिरुङ हिमाल अवलोकन गर्न वर्षेनी दशाै‌ हजार पर्यटक आउने गर्छन् । यो नेपालकै तेस्रो पर्यटकीय पदमार्गको रुपमा रहेको छ । लाङटाङ लिरुङलाई जिल्लाको उतरी क्षेत्रबाट देख्न सकिन्छ ।

गोसाइकुण्ड पदमार्गको लौरीबिना र तामाङ सम्पदा मार्गको नाकथलीबाट यो हिमाल नजिकै देखिन्छ । लाङटाङ क्षेत्रमा पर्यटकका लागि घुम्न तीन पदमार्ग छन् । धुन्चे, गोसाइकुण्ड हुादै सिन्धुपाल्चोकको हेलम्बु, स्याफ्रुबेसी हुादै लाङटाङ र तामाङ सम्पदा मार्गको स्याफ्रुबेसी देखि गोल्जङ, गतलाङ, चिलिमे थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुसम्मको पदमार्ग ।

Yamaha

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

४० वर्षपछि मनाइयो चेन्द छ्याबा नाच

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — चार दशक पछि मंगलबार धुन्चेका स्थानीय तामाङ समुदायले लोप हुन लागेको चेन्द छ्याबा नाच देखाइएका छन् ।

हरेक वर्ष भाइटीका पछि आउने मंगलबारका दिन यो नाच देखाउने चलन रहेको थियो । २०३५ साल पछि सदरमुकाम धुन्चेमा यो नाच हुन सकेको थिएन । मंगलबार ३९ वर्ष पछि नाच देखाइएको हो । नाच सञ्चालन हुन नसक्दा लोप हुने अवस्थामा पुगेको थियो । यो नाचमा वन्यजन्तु संरक्षणका लागि लामाले खेल्ने भूमिकाबारे प्रस्तुत गरिन्छ ।

नाचमा लामा, सिकारी, कुकुर, झाँक्री, न्याबा र जरायोको मुख्य भूमिका रहेको हुन्छ । ४ देखि ५ घण्टासम्म देखाइने नाचका लागि ३० देखि ५० जना चाहिन्छ । मानव, प्रकृति, जैविक विविधिता र जीवजन्तुबीच सन्तुलन कायम राखी यी सबैको संरक्षण र सम्वर्द्धन गरी भावी पुस्तालाई हस्तान्तरण गर्नु पर्छ भन्ने यो नाचले सन्देश दिन खोजेको स्थानीयले बताए ।

नाच सञ्चालन नहुनुमा अहिलेको युवा पिढीलाई यो नाचको विषेशता थाहा नहुनु रहेको धुन्चेका युवा प्रमोद तितुङले बताए । 'आर्थिक अभाव, आ–आफ्नो कामको व्यस्तताले समय दिन नसक्दा पनि नाच देखाउन सकिएको थिएन,' उनले भने ।

नाच्न जानेका पुरान पुस्ताको मृत्यु भइसकेपछि पछिल्लो पुस्ताले नाच सिक्न नसक्दा नाच लोप हुने अवस्थामा पुगेको थियो । रसुवा संरक्षण तथा सांस्कृतिक कला समूह धुन्चेले कार्यक्रमको आयोजना गरेको हो । स्थानीय कलासंस्कृतिक लोप हुन थाले पछि धुन्चेका स्थानीय युवाहरु कला संकृतिको जगेर्ना गर्न जुटेका छन् ।

टुल्कु छोलिङ गुम्बाका लामा, लामा कार्पू घलेले भने अब संस्कृति जोगाउनका लागि युवालाई पनि समेटेर अघी बढेका छौं । हाम्रो संस्कृति परम्परा तथा रितिरिवाजको जर्गेना गर्न एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन आवस्यक रहेको संस्थाका सदस्य विसाल घलेले बताए ।

प्रकाशित : कार्तिक ८, २०७४ १६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT