कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मन्त्रिपरिषद बैठकले आज पनि प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गरेन

काठमाडौँ — शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने बताइए पनि कुनै निर्णय गरेन ।

मन्त्रिपरिषद बैठकले आज पनि प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गरेन

सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुख र अस्थायी मुकामबारे कुनै निर्णय नभएको बताए । उनकाअनुसार प्रदेश प्रमुख र अस्थायी मुकामबारे बैठकमा सामान्य छलफल मात्रै भएको थियाे ।

बस्नेतले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य पार्टीहरुसंग सहमतिको प्रयास गरिरहेको उल्लेख गरे । उनले भने, 'सहमतिमै प्रदेश प्रमुखको नियुक्ती र अस्थायी मुकाम तोक्ने प्रयास जारी छ ।'


प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था संविधानमा भएकोले प्रदेश प्रमुख नतोकिँदा अझैसम्म निर्वाचन आयोगले आधिकारीक परिणाम बुझाउन पाएको छैन।


उता वाम गठबन्धनका एमाले र माओवादीले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने जिम्मा सरकारको भएको भन्दै त्यसबाट पन्छिँदै आइरहेका छन् ।

यस्तै आजकै मन्त्रिपरिषद बैठकले २०३६ साल कर्तिक २७ गतेको छिन्ताङ घटनामा मारिएका १६ जनालाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता बस्नेतका अनुसार बैठकले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वएच्छिक अवकाश सम्बन्धि सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित : पुस २८, २०७४ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?