कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

माओवादी केन्द्रका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

काठमाडौँ — माओवादी केन्द्रका तर्फबाट सरकारमा सामेल भएका सबै मन्त्रीहरुले शुक्रबार राजिनामा गरेका छन् । मन्त्रिपरिषदको बैठक पछि पूर्व स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले पार्टीको पत्रसहित सबै मन्त्रीहरुको राजिनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।

माओवादी केन्द्रका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

सरकारमा माओवादीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह, राज्यमन्त्रीहरू मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा सहभागी थिए ।

एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धनको घोषणा गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिने भएपछि सरकारमा माओवादीका तर्फबाट सामेल भएका सबै मन्त्रीहरुको पद खोस्दै प्रधानमन्त्री देउवाले उनीहरुलाई बिना विभागीय मन्त्री बनाएका थिए ।

आसन्न निर्वाचनबाट सरकार पछि हट्नसक्ने आरोप लगाउँदै बिना विभागीय बनाइएपनि माओवादीका मन्त्रीहरुले राजिनामा गरेका थिएनन् । बिना विभागीय मन्त्री बनाइएको ६८ दिन पछि उनीहरुले आफ्नो राजिनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

प्रकाशित : पुस २८, २०७४ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?