३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

शीतलहरको कहरले मर्ने क्रम अझै रोकिएन

पछिल्लो २ दिनमा ५ को मृत्यु,सप्तरीमा मात्र जाडोका कारण मर्नेको संख्या २५ पुग्यो
अवधेशकुमार झा

राजविराज — झण्डै दुईसातादेखि बढेको जाडो र शीतलहरका कारण कठ्याग्रिंएर सप्तरीमा जिल्लामा मर्नेको संख्या दैनिक थपिँदै गएको छ । न्यानो लुगाको अभाव र जनचेतनाको कमीका कारण विपन्नबस्तीमा मर्नेको सूची थपिँदै गएको हो ।

शीतलहरको कहरले मर्ने क्रम अझै रोकिएन

चिसो हावा, शीतलहरी र तुषारो पर्ने क्रम नरोकिँदा जनजीवन थप कष्टकर बन्न पुगेको छ । शुक्रबार केहीबेर मधुरो घाम लागेपनि चिसो हावा चल्ने क्रम नरोकिएकाले शीतलहरको प्रभाव कायमै रह्यो ।


शीतलहरका कारण कठ्याग्रिंएर बिहीबार र शुक्रबार गरी थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २ दिनमा कठ्याग्रिंएर मृत्यु भएका ५ जना समेत जिल्लामा जाडोका कारण मर्नेको संख्या २५ पुगेको छ । सुनसरी जिल्लाको इनरुवा नगरपालिका १ घर भई माग्दै हिँडने वर्ष ४० का ढुण्डीराज पोखरेल शुक्रबार बिहान सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजमा जाडोले कठ्याग्रिंएर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीले जानकारी दिए ।


यस्तै तिलाठी कोइलाडी गाउँपालिका ४ का ७० वर्षीय श्यामादेवी सिंहको पनि जाडोका कारण आज बिहान मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जनाए । बिहीबार साँझसम्म स्वास्थ्य अवस्था राम्रै रहेकी सिंह बिहान अचानक मृत फेला परेको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिषकुमार सिंहले बताए ।


यस्तै जाडोका कारण कठयाग्रिंएर बिहीबार ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार छिन्नमस्ता गाउँपालिका २ की ५२ वर्षीय सरोदेवी मुखिया र ७० वर्षीय सरस्वतीदेवी साह तथा हनुमाननगर कंकालिनी नगरपालिका १ की ६० वर्षिय शान्तीदेवी यादवको जाडोका कारण मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

प्रकाशित : पुस २८, २०७४ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?