कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोर्स कमाण्डर रहँदासम्मका लागि ‘स्थानीय रथी’

काठमाडौँ — सरकारले कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन ‘मोनुक’ मा ‘फोर्स कमाण्डर’ पदमा प्रतिस्पर्धाका लागि नेपाली सेनामा एक ‘स्थानिय रथी’ पद सिर्जना गरेको छ ।

फोर्स कमाण्डर रहँदासम्मका लागि ‘स्थानीय रथी’

राष्ट्रसंघले नेपाललाई कंगोको मनुकमा प्रतिस्पर्धा गर्ने अवसर दिएपछि मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले उपरथी गौरव तण्डुललाई स्थानीय रथीमा पदोन्नति गरी प्रतिस्पर्धा गर्न पठाउने निर्णय गरेको हो । नेपाली सेनामा रथी (तीन तारे जर्नेल) दुई जनामात्र रहेको र उनीहरू दुवैले त्यहाँ जान अनिच्छा देखाएपछि सरकारले उपरथी (दुईतारे जर्नेल) मध्येबाट एकलाई चयन गरी प्रतिस्पर्धामा पठाउन निर्णय गरेको हो ।


उक्त प्रतिस्पर्धामा सफल भएको खण्डमा उपरथी गौरब तण्डुल त्यहाँ रहदासम्म रथी हुनेछन् । कंगोमा फोर्स कमाण्डर रथी हुने अभ्यास छ । त्यसको लागि प्रधानसेनापति राजेन्द्र क्षत्रीले तण्डुलको नाम चयन गरेका कारण त्यसमा सशर्त बढुवा गरिएको नेपाली सेना उच्च स्रोतले बतायो । टण्डुल हाल पूर्वी पृतना इटहरीमा पृतनापतिका रुपमा कार्यरत छन् ।


नेपाली सेनाले शान्ति मिसनमा उच्च तहमा दाबी गर्दै आएकाले राष्ट्रसंघीय शान्ति मिसनले प्रतिस्पर्दाको अवसर दिएको हो । शान्ति मिसनमा गएका केही मुलुकलाई मात्र चयन गरेर त्यस्तो प्रतिस्पर्धामा अवसर दिइएको हो । नेपालबाट अहिलेसम्म पाँच जनाले मात्र फोर्स कमाण्डरको अवसर पाएका छन् । त्यसमा पछिल्लो फोर्स कमाण्डर सकेर आएका हुन वर्तमान रथी पुर्णचन्द्र थापा । गत साता दक्षिण सुडानमा फोर्स कमाण्डर पदमा यसअघिका प्रवक्ता सहायक रथी नयनराज दाहाल छनिएर गइसकेका छन् । उनी पनि प्रतिस्पर्धाबाट गएका हुन् ।


नेपालले शान्ति मिसनको उच्च पदमा दाबी गर्दै आएको छ । यसैबीच शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सेनाका प्राविधिक महासेनानी गजेन्द्रराज शर्मालाई प्राविधिक सहायक रथीमा बढुवा गरेको छ ।

प्रकाशित : पुस २८, २०७४ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?