डा. केसीले आज बिहान अनशन तोड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसी र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएको छ । 

शुक्रबार राति महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भईशनिबार अनशन तोडने सहमति भएको छ ।

Yamaha

डा केसीका सहयोगी डा अभिषेकराज सिंहले आज डां केसीले अनशन तोड्ने जानकारी दिए । उनी पाँच दिनदेखि अनशनमा छन् । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उनले अनशन सुरू गरेका थिए ।

सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् ।

अदालतको अवहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उनलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।

आज बिहान १० बजे अनशनस्थल शिक्षण अस्पताल, महाराजगञ्जमा डा केसीले अनशन तोड्ने डा सिंहले जानकारी दिए । यो उनको १४ औं आमरण अनशन हो ।

प्रकाशित : पुस २९, २०७४ ०७:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ट्रम्पलाई पछि नहट्न ईयूको आग्रह

इरानी परमाणु सम्झौता 

वासिङ्टन — युरोपेली संघ (ईयू) ले अमेरिकालाई इरानसँगको परमाणु सम्झौताबाट पछाडि नहट्न आग्रह गरेको छ । त्यस्तो सम्झौता क्षेत्रीय सुरक्षाका लागि निकै महत्त्वपूर्ण भएको ईयूको भनाइ छ । इरानको परमाणु कार्यक्रमबारे सन् २०१५ भएको सम्झौतालाई भंग गर्ने सम्बन्धमा अमेरिकी राष्ट्रपति ट्रम्पले निर्णय लिन सक्ने एक दिन अगाडि ईयूको त्यस्तो आग्रह आएको छ ।

बेलायत, फ्रान्स, जर्मनीलगायत युरोपेली संघका शक्तिशाली राष्ट्रले इरानसँग भएको परमाणु सम्झौताप्रति समर्थन दोहोर्‍याएका छन् । उक्त सम्झौताको कट्टर आलोचक ट्रम्पले त्यसलाई खारेज गर्ने निर्णय लिने बताउँदै आएका छन् । बेलायत, फ्रान्स, जर्मनी र इरानका विदेशमन्त्री सहभागी ब्रसेल्सको बैठकमा ईयूकी विदेशनीति प्रमुख फेडेरिका मोगेरिनीले भनिन्, ‘इरानसँगको सम्झौताले सकारात्मक नतिजा ल्याइरहेकाले यसलाई निरन्तरता दिनुपर्छ ।’ करिब ३ वर्ष पुरानो सम्झौतामा इरान परमाणु कार्यक्रमलाई सीमित तुल्याउने प्रतिबद्धता जनाएको थियो । साथै सम्भौताअनुसार इरानमाथिका विभिन्न प्रतिबन्ध हटाइएका थिए ।

प्रकाशित : पुस २९, २०७४ ०७:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT