डा. केसीले तोडे अनशन

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसीले अनशन तोडेका छन् । शनिबार बिहान १० बजे आयोजना गरिएको पत्रकार सम्मेलनपछि सिराहा सखुवानान्कारकट्टी गाउँपालिका-२ का ४८ वर्षीय नथुनीया मोचीले जुस खुवाएसँगै डा. केसीले अनशन तोडेका हुन् ।मोचीले शिक्षण अस्पतालबाहिर फुटपाथमा विगत ४/५ वर्षदेखि जुत्ता सिलाउँदै आएका थिए ।

डा. केसीले तोडे अनशन

गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उनले अनशन सुरू गरेका थिए । शुक्राबार राति केसी पक्ष र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएको थियो ।


शुक्रबार महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भई आज अनशन तोडने सहमति भएको थियो ।


सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् ।


अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका केसीलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।


यो उनको १४ औं आमरण अनशन हो ।

प्रकाशित : पुस २९, २०७४ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?