कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यात्रुबाहक बस जुद्धा १७ जना घाइते

अर्जुन राजवंशी

दमक — झापाको दमकमा आज बिहान यात्रुबाहक दुई वटा बस आपसमा जुद्धा १७ जना घाइते भएका छन् । घाइतेमध्ये दुवै बसका चालकको अवस्था गम्भीर छ । 

यात्रुबाहक बस जुद्धा १७ जना घाइते

बिहान ८ बजे दमक नगरपालिका ७ स्थित रतुवा खोलाको पुलमा विपरीत दिशाका बसहरु आपसमा ठोक्किएका हुन् । पश्चिमबाट पूर्व जाँदै गरेको को १ ख ३६५९ र पूर्वबाट पश्चिमतिर आउँदै गरेको मे १ ख १७१० नम्बरको बस आपसमा ठोक्किएका हुन् ।


दुर्घटनामा परी दुवै बसका चालकसहित १७ जना यात्रु घाइते भएका हुन् । घाइतेहरुको दमकस्थित लाइफलाइन, आम्दा र नमस्ते हस्पिटलमा उपचार भइरहेको छ । गम्भीर घाइते १७१० नम्बरको बसका चालक झापा कन्काई नगरपालिका ४ का २९ वर्षीय लक्ष्मण कुमाल र ३६५९ नम्बरको बसका चालक सुनसरी रामधुनीभाषी नगरपालिका ५ का ५४ वर्षीय तुलहाई चौधरीलाई थप उपचारका लागि बिराटनगर लगिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताए ।


उनका अनुसार बिहानको समयमा बाक्लो हुस्सु लागेकोले बाटो नदेखेर बसहरु आपसमा ठोक्किन पुगेका हुन् ।

प्रकाशित : पुस २९, २०७४ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?