कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ कक्षाको नतिजा सार्वजनिक गर्ने तयारी

मकर श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो । ‘आज सार्वजनिक गर्ने तयारीमा छौं,’ बोर्ड स्रोतले भन्यो, ‘बैठक समेत बोलाइसकेका छौं ।’ नतिजा विषयत ग्रेड मात्रै दिने भएको छ । जस्तै अनिवार्यमा नेपालीमा ए प्लस, अंग्रेजीमा ए भन्ने मात्रै हुन्छ ।

११ कक्षाको नतिजा सार्वजनिक गर्ने तयारी

परीक्षा सार्वजनिक गर्न अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको छ । परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

चार लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन् । विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने व्यवस्था गर्दैछ । एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ ।

प्रकाशित : पुस २९, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?