कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषामा चिसोबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ५ दिनदेखि विमानस्थल बन्द

जनकपुर — चिसो छल्न आगो ताप्ने क्रममा बिहीबार राति जलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । 

धनुषामा चिसोबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ५ दिनदेखि विमानस्थल बन्द

घाइते हंशपुर नगरपालिका-८ की २३ वर्षीया सुजना महराको उपचार गर्दागर्दै जनकपुर अञ्चल अस्पतालमा शनिबार राति मृत्यु भएको नगरपालिकाका मेयर रामज्ञान मण्डलले जानकारी दिएका छन् । महराको मृत्युसँगै जाडोको कारण जिल्लामा कठ्यांग्रिएर र आगो ताप्ने क्रममा ४ महिने बालकसहित ४ जनाको ज्यान गएको छ । मेयर मण्डलका अनुसार ३ जनाको कठ्यांग्रिएर मृत्यु भएको हो ।


यसैगरी बिहीबार नै घाइते भएकी कमला नपा-३ की ६० वर्षीया मनतोरिया साह उपचारमा छिन् ।


जिल्लामा चिसो बढेको बढ्यै छ । हुस्सु र चिसोका कारण जनकपुर विमानस्थल ५ दिनदेखि ठप्प रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : पुस २९, २०७४ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?