१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

५ नं. प्रदेशको निर्वाचन कार्यालय घोराहीमा

दुर्गालाल केसी

दाङ — राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालय शनिबार घोराहीमा स्थापना गरिएको छ । 

५ नं. प्रदेशको निर्वाचन कार्यालय घोराहीमा

उच्च अदालत रहेको जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय खोल्ने सरकारको निर्णयअनुसार घोराही जिल्ला अदालतमा कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावलले जानकारी दिए । नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले कार्यालय उद्घाटन गरेका थिए । उद्घाटनपछि रेग्मीले यसअघिका निर्वाचन भयरहित र निष्पक्षरुपमा सम्पन्न भएकाले यसपटक पनि सहजरुपमा सम्पन्न हुनेमा नागरिक आशवादी रहेको बताए ।


कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली, निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्य, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चोधरी, जिल्ला बार ईकाइका अध्यक्ष प्रदीप गौतम, एमाले जिल्ला उपसचिव सुरामणि बेल्वासे, माओवादी केन्द्रका जिल्ला सह-ईञ्चार्ज निर्मल आचार्य, पत्रकार महासंघका जिल्ला अध्यक्ष सविन प्रियाशनलगायतले शुभकामना व्यक्त गरेका थिए ।


प्रकाशित : पुस २९, २०७४ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?