२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

तिवारी हत्याकाण्डका सहयोगी कतारबाट पक्राउ

काठमाडौँ — गत वर्ष बुटवलमा एमालेको भ्रातृ संगठन युवा संघ रूपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न एक अभियुक्त कतारमा पक्राउ परेका छन् ।

तिवारी हत्याकाण्डका सहयोगी कतारबाट पक्राउ

हत्यामा संलग्न मुख्य अभियुक्त मनोज पुनका सहयोगीका रूपमा काम गरेका बाबु भनिने तुलबहादुर सिँजालीलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को सहयोगमा कतारबाट नेपाल ल्याएको छ ।


इन्टरपोलमा सूचना गरिएलगत्तै कतार प्रहरीले तुलबहादुरलाई पक्रेर देश निकाला गरेको थियो । मनोज पुन भारतमा बसेर शृंखलाबद्ध रूपमा फिरौती संकलन र हत्यामा संलग्न गुन्डा नाइके हुन् । प्रहरी स्रोतका अनुसार तिवारी हत्यामा तुलबहादुरको प्रत्यक्ष संलग्नता थियो । उनले हतियार व्यवस्थापनको काम गरेको प्रहरीको भनाइ छ ।


गत वर्ष पुस ४ मा रूपन्देहीको देवदहमा तिवारीको गोली हानी हत्या गरिएको थियो । मनोज पुनले भारतमा बसेर हत्याको योजना बनाएका थिए । असोज अन्तिम साता काठमाडौंको शान्तिनगरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्त समीरमान बस्नेत र मनोज पुन भारतको गोवामा लामो समयदेखि सँगै रहँदै आएका थिए ।


लोप्साङ लामा, मनोज र समीरमानको ग्याङ पछिल्लो समय विभाजित भएको थियो भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंसिर दोस्रो साता बस्नेतलाई भारतबाटै पक्रेर नेपाल ल्याएको थियो । प्रहरी स्रोतका अनुसार तिवारी हत्यापछि तुलबहादुर भागेर भारतको गोवा पुगेका थिए । त्यहींबाट पुनकै चाँजोपाँजोमा उनी कतार पुगेको स्रोतको दाबी छ ।


प्रकाशित : पुस २९, २०७४ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?