कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सांसद मरासिनीलाई हृदयघात

प्रतिक्षा काफले

स्याङ्जा — स्याङजा–१ का प्रतिनिधिसभा सदस्य नारायण मरासिनीलाई हृदयघात भएको छ । मरासिनी दश दिनदेखि गंगालाल अस्पताल काठमाडौंमा उपचारत छन् । 

सांसद मरासिनीलाई हृदयघात

हृदयघातका कारण एक्कासी वेहोस भएका मरासिनीलाई पुस १९ गते मणिपाल अस्पताल, पोखरामा भर्ना गरिएको थियो । १८ गते मतदातालाई धन्यवाद दिन आँधीखोला गाउँपालिकामा घरदैलो गरिरहेका मरासिनी एक्कासी विरामी भएपछि मणिपाल पुर्‍याइएको थियो ।


त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको थियो । हृदयघातको समस्या देखिएपछि उनलाई हवाई जहाजमार्फत काठमाडौं पुर्‍याएर गंगालाल ह्यदयरोग केन्द्रमा सल्याक्रिया गरिएको बताइएको छ । उनलाई गंगालालमै ५ दिनसम्म आइसियुमा राखिएको आफन्तले जनाएका छन् ।


आफन्तका अनुसार मरासिनीलाई दुईचार दिनमा नै अस्पतालबाट डिस्जार्च हुने र घरमै आराम गर्नेछन् । डाक्टरको सल्लाह अनुसार उनलाई ६ हप्ता अनिवार्य रेष्ट गर्नुपर्ने र स्वास्थ्य परीक्षण गराईरहनु पर्ने आफन्त शैलेन्द्र घिमिरेले जानकारी दिए ।


प्रकाशित : पुस ३०, २०७४ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?