विधान विपरितको संसदीय समिति विघटन गर्न पौडेलको आग्रह

देउवाले भने– तपार्इंकै कारण यस्तो भएको हो 

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति विघटन गरी विधानसम्मत ढंगले पुनर्गठन गर्न प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । यी दुवै निकायमा सभापति देउवाले विधानले तोकिएभन्दा बढी सदस्य राखेका छन् । 

विधान विपरितको संसदीय समिति विघटन गर्न पौडेलको आग्रह

महामन्त्री शशांक कोइरालासहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका पौडेलले निर्वाचनको समिक्षा र राष्ट्रियसभा निर्वाचनको विषयमा छलफलका लागि तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग समेत गरे ।


राष्ट्रिय सभाको निर्वाचनबारे देउवाले पौडेल र कोइरालासहित पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई समेत छलफलका लागि बोलाएका थिए । पौडेलले केन्द्रीय कार्यसमिति बैठक बोलाउन आलटाल गरेको भन्दै देउवाप्रति असन्तुष्टी समेत जनाएका थिए ।


देउवाले भने संसदीय समिति र कार्यसम्पादन समिति ठूलो बन्नुमा पौडेल नै कारक रहेको बताएका थिए । ‘तपाईंले यसलाई पनि राखिदे, अर्कोलाई पनि राखिदे भन्ने अनि मलाई ठूलो भयो भन्ने ?’

देउवाले पौडेललाई दिएको जवाफ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘तपार्इंकै कारण मैले बढी सदस्य राख्न परेको हो । संसदीय समितिमा मैले तपाईंलाई ३ जना दिनुहोस् म ५ जना राख्छुभन्दा मान्नु भएन ।’


बैठकमा राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि सामान्य छलफल भएको नेता निधिले बताए । ‘राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न एकैछिन बसिएको हो,’ निधिले भने, ‘अरु विषयमा लामो कुराकानी भएन । भोली (मंगलबार) बाट छलफल हुन्छ ।’


प्रकाशित : माघ १, २०७४ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?